अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको मदारीहाटमा हात्ती-मानव द्वन्द्व जारी छ। पछिल्लो एक महिनामा मदारीहाट ब्लकमा हात्तीले ४ जनाको ज्यान लिएको छ। १२ तारिख मदारीहाटको उत्तर खैरबारी क्षेत्रमा हात्तीको आक्रमणबाट मदारीहाट निवासी काञ्च रायको मृत्यु भएको थियो। १८ तारिख मदारीहाटको मेघनाथ साहनगर निवासी श्यामदास शर्माको मृत्यु भएको थियो भने १ नोभेम्गबर खेरबारी क्षेत्रका प्रेमनाथ उराँउको मृत्यु भएको थियो भने २ नोभेम्गबर ते मध्य खैरबारी निवासी राजेन बर्मनको मृत्यु भएको थियो। हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित छन्। यस सम्बन्धमा वनबाट जंगली हात्तीको समूह लगातार क्षेत्रमा प्रवेश गरी क्षेत्रका बासिन्दालाई आक्रमण गरी बाली नष्ट गर्ने गरेको इलाकावासीले बताएका छन्। यस बाहेक पछिल्लो समय हात्तीको आक्रमणबाट यस क्षेत्रका बासिन्दाको ज्यान गएको खबर बाहिर आइरहेको छ। यस सम्बन्धमा मदारीहाट बीजेपी विधायक तथा भाजपा अलिपुरद्वार जिल्ला अध्यक्ष मनोज टिग्गाले भने कि हात्तीको आक्रमण दिनानुदिन बढ्दै गएको छ। हामीले यसबारे वन विभागलाई धेरै पटक जानकारी गराएका छौं। तर वन विभागले यो बहाना बनाउँछ कि वन कर्मचारीहरूको अभाव छ। पर्याप्त उपकरण र सवारी साधन छैन। विधायक मनोज तिग्गाले हात्तीको आक्रमण बढ्दै गएपछि सर्वसाधारणमा आक्रोश बढ्दै गएको बताए। तर अलिपुरद्वार जिल्ला परिषद्का वन अधिकारी दीप नारायण सिन्हाले एक महिनामा ४ जनाको मृत्यु हुनु निकै दुखद घटना भएको बताए। संयुक्त वन संरक्षण समितिको सहयोगमा हात्तीको आक्रमण बढ्दै गएको र गाउँमा हात्ती प्रवेश गरेमा जनतालाई कसरी सचेत गराउने भन्ने विषयमा वन विभागसँग छलफल भइरहेको छ।