नयाँ दिल्ली: आवास एवं शहरी मामिला मन्त्रालय (एमओएचयूए) आफ्नो प्रमुख योजना- कायाकल्प एवं शगरी परिवर्तनका लागि अटल मिशन (एएमआरयूटी) अन्तर्गत मन्त्रालयको राष्ट्रिय शहरी जीविका मिशन (एनयूएलएम)को साझेदारीमा एक प्रगतिशील पहल ‘पानीका लागि महिला, महिलाका लागि पानी अभियान’को अनावरण गर्नका लागि पूर्ण रूपले तयारी छ। ओडिशा अर्बन एकाडेमी ज्ञान साझेदारी हो। यो अभियानले जल दिवाली पालन गर्दछ र ७ नोभेम्बरबाट शुरु हुनेछ। यो ९ नोभेम्बरसम्म जारी रहनेछ।
यो अभियानको उद्देश्य जल प्रशासनमा महिलाहरूलाई सामेल गर्नका लागि मञ्च प्रदान गर्नु हो। उनीहरूलाई आ-आफ्नो सम्बन्धित शहरमा रहेको जल उपचार संयन्त्र (डब्ल्यूटीपी)हरूको भ्रमणको माध्यमद्वारा जल उपचार प्रक्रियाको बारेमा प्रत्यक्ष ज्ञान दिइनेछ। यो भ्रमणले घर-परिवारमा स्वच्छ तथा सुरक्षित पिउने पानी पुर्याउनमा संलग्न अत्यावश्यक प्रक्रियाहरूलाई स्पष्ट पार्नेछ। यस अतिरिक्त, महिलाहरूले पानीको गुणस्तर परीक्षण प्रोटोकलबारे जानकारी प्राप्त गर्नेछन् जसले नागरिकहरूलाई आवश्यक गुणस्तरको पानी प्राप्त गर्ने सुनिश्चित गर्नेछ। अभियानको मुख्य लक्ष्य भनेको महिलाहरूमा जल बुनियादी ढाँचाप्रति स्वामित्व र आफ्नोपनको भावना जगाउनु हो।
भारतमा तीन हजार भन्दा अधिक जल उपचार संयन्त्र छन्, जसको डिजाइन जल उफचार क्षमता ६५ हजार एमएलडीभन्दा अधिक र परिचालन क्षमता ५५ हजार एमएलडीभन्दा अधिक छ। उक्त अभियानको क्रममा महिला स्वयं सहायता समूह (एसएचजी) हरूले ५५० भन्दा अधिक जल उपचार संयन्त्रहरूको भ्रमण गर्नेछन्, जसको संयुक्त परिचालन क्षमता २० हजार एमएलडी (देशको कुल क्षमताको ३५% भन्दा अधिक) भन्दा अधिक छ। घरेलु जल प्रबन्धनमा महिलाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। जल उपचार प्रक्रिया र बुनियादी ढाँचाको बारेमा जानकारीका साथ महिलाहरूलाई सशक्त बनाएर, एमओएचयूएले उनीहरूको घरपरिवारका लागि सुरक्षित तथा स्वच्छ पिउने पानीमा पहुँच सुनिश्चित गर्न उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यो अभियानले परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व भएका क्षेत्रहरूमा समावेशिता तथा विविधतालाई बढावा दिएर लैङ्गिक समानताका मुद्दाहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
‘महिलाका लागि पानी, पानीका लागि महिला अभियान’, ‘जल दिवाली’को पहिलो चरणमा सबै राज्य/केन्द्र शासित प्रदेशहरू (आदर्श आचार संहिता अन्तर्गत ५ राज्यलाई छोड़ेर)को भागीदारी हुनेछ, जसमा राष्ट्रव्यापी रूपमा १५ हजार भन्दा अधिक एसएचजी महिलाहरूको अपेक्षित भागीदारी रहनेछ। राष्ट्रव्यापी अभियानका फोकस क्षेत्रहरू सामेल छन्:
महिलाहरूलाई जल उपचार संयन्त्र र जल परीक्षण सुविधाहरूको कार्यप्रणालीसित परिचित गराउनु-
महिला स्वयं सहायता समूहहरूद्वारा निर्मित स्मृति चिन्ह र लेखहरूको माध्यमद्वारा समावेशिता तथा भागीदारीलाई बढावा दिनु-
महिलाहरूलाई अमृत योजना र जल बुनियादी ढाँचामा यसको प्रभावबारे परिचित तथा शिक्षित गराउनु-
अभियानको प्रत्याशित परिणामहरूमा जल उपचारमाथि जागरूकता तथा ज्ञानमा वृद्धि, स्वामित्व र जिम्मेवारीको भावना, समावेशितालाई बढढ़ावा दिनु, एसएचजीहरूको सशक्तिकरण, सकारात्मक सामुदायिक प्रभाव र भविष्यका पहलहरूको लागि नमूना सामेल गर्नु रहेका छन्।
एएमआरयूटी र एनयूएलएमका राज्य र शहरका अधिकारीहरूले डब्ल्यूटीपीको पहिचान गरेर यी भ्रमणहरूलाई सुविधाजनक बनाउने छन्। एमओएचयूएले सबै राज्य र शहरका अधिकारीहरूलाई यो पहलमा सक्रिय रूपमा सहभागी हुन र समर्थन गर्न आह्वान गरेको छ, जो अमरुतच अन्तर्गत जल बुनियादी ढाँचाको महत्त्वपूर्ण क्षेत्रमामा महिलाहरूलाई सामेल गर्ने दिशामा एक महत्त्वपूर्ण प्रगति हो। -पीआईबी