राजगञ्ज: आमबारी रेञ्जका वनकर्मीहरूले विरल प्रजातिको बेम्बो र्याट उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको बैकुण्ठपुर जङ्गल संलग्न पनाशगढी गाउँको नदी किनारमा स्थानीय मानिसहरूले विरल प्रजातिको मुसा देखेपछि वनविभागलाई खबर दिए। घटनाको खबर पाएर आमबारी रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त मुसालाई उद्धार गरेर लगेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार यो एउटा विरल प्रजातिको मुसा हो। यो बेम्बो र्याट नामले परिचित छ। यो मुख्यतः दक्षिण-पूर्व नेपालदेखि दक्षिण चीन, म्यानमार लगायत थाइल्यान्डसम्मको उच्च पहाडी क्षेत्रमा बाँसको झाँडीमा बस्ने गर्दछ। बैकुण्ठपुरको जङ्गलमा यो मुसा पहिलोपटक देखापरेको हो।