दार्जिलिङ: डीएम दार्जिलिङको पहलमा मिरिक उच्च-माध्यमिक विद्यालयमा हरेक शुक्रबार महिला सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस अन्तर्गत, डीएमले मिरिकका केटीहरूमा आत्म-रक्षा गुणहरू प्रवर्द्धन र काैशल अनि फिटनेस विकास गर्न पहल गरेकाे छ। आशा छ भविष्यमा यस्ता कुराहरूलाई क्रमशः धेरै विद्यालयहरूमा, सबै कन्याश्री क्लबहरूमा र एसएजी, केपी पाठ्यक्रम मार्फत प्रवर्द्धन गर्न सकिन्छ। मिरिक मण्डल विकास अधिकृत सुश्री श्रेयसी माइती र मिरिक उच्च माविका सहशिक्षक सुरेश तामाङले सञ्चारकर्मीलाई सो जानकारी दिएका हुन्।