विश्वकप क्रिकेट: जन्मदिनमा विराट कोहली बनाए शतक

Virat-Kohli-2

कोलकाता: विश्वकप २०२३ को ३७औं खेल आज भारत र दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेनमा भइरहेको छ। यो खेलमा सबैको नजर विराट कोहलीमा थियो। आज उनको जन्मदिन पनि हो। विराट ३५ वर्षका भइसकेका छन्। आफ्नो जन्मदिनमा नै विराटले दक्षिण अफ्रिकाविरुद्ध शतक बनाएका छन्l योसँगै उनले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको ४९ शतकको बराबरी गरेका छन्। आफ्नो जन्मदिनमा विराटले यो कीर्तिमानको बराबरी गर्दै आफ्ना फ्यानहरुलाई विशेष उपहार दिएका छन्। विराटको नाममा अहिलेसम्म ४९ ओडीआई शतक छ। यस विश्वकपमा अहिलेसम्म विराटले ८५ रन, नटआउट ५५, १६ रन, नटआउट १०३, ९५ रन, शून्य, ८८ रन र १००* रनको इनिङ खेलेका छन्। आज शतक बनाएर कोहली एकदिवसीय क्रिकेटमा आफ्नो जन्मदिनमा शतक बनाउने सातौं खेलाडी बनेका छन्। यसअघि टम लाथम, रस टेलर, सनथ जयसूर्या, मिचेल मार्स, सचिन तेन्दुलकर र विनोद काम्बलीले यो काम गरिसकेका छन्। रोस टेलर, मिचेल मार्स र कोहलीले विश्वकप खेलमा यस्तो गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement