सोनादामा ‘सुकार्यहरूमा रमेश बन्धु’ स्मृति ग्रन्थको लोकार्पण

IMG-20231105-WA0186.jpg

सोनादा: सोनादामा एक कार्यक्रमबीच ‘सुकार्यहरूमा रमेश बन्धु’ स्मृति ग्रन्थ लोकार्पण भएको छ। सोनादा साहित्य संस्थान एंव रमेश बन्धु प्रकाशनको अायोजनामा सम्पन्न एक साहित्यिक कार्यक्रमबीच उक्त स्मृति ग्रन्थ लोकार्पण गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता भाषाविद् एंव वरिष्ठ साहित्यकार डा. गोकुल सिन्हाले गरेका थिए भने प्रमुख अतिथको रूपमा वरिष्ठ साहित्यकार डा जीवन नामदुङ उपस्थित रहेका थिए। युवा कवि एंव सोनादा साहित्य संस्थानको सचिव नरेश कटुवालले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण रसिक छेत्रीले राखेका थिए। कार्यक्रमको शुरुमा रमेश केशीको तस्वीरमा धुप द्वीप प्रज्वलन गरेर मौन प्रार्थना गरिएको थियो। कार्यक्रममा युवा गायक हैसियत खालिङले भजन प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा मासिक साहित्यिक मन्थन अन्तर्गत कवि गोष्ठी आयोजना गरिएको थियो जसलाई सोनादा साहित्य संस्थानको सह सचिव मञ्जरी गुरुङले सञ्चालन गरेका थिए। यस कवि गोष्ठी कार्यक्रममा कविहरू क्रमैले सुधा राई, नितेन लामा, सिध्दान्त साम्पाङ राई, आसिक छेत्री, महेश सेवा आदिले कविता पठन गरेका थिए।

कार्यक्रममा रमेश बन्धु प्रकाशनको पक्षमा सपना छेत्रीले आफ्नो भावोद्गार गरेकी थिइन्। यही कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि र अन्य विशिष्ठ अतिथिहरूका बाहुलीबाट ‘सुकार्यहरूमा रमेश बन्धु’ स्मृति ग्रन्थ लोकार्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि डा. जीवन नामदुङ र सभाध्यक्ष डा. गोकुल सिन्हाले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रहरूबाट साहित्यकारहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *