गान्तोक: विद्या भारती उत्तर-पूर्व क्षेत्रको व्यवस्थापनमा ४-८ नोभेम्बर, २०२३ सम्म खेलकुद समारोह शुरू भएको छ। उक्त समारोह बिहारको सरस्वती विद्या मन्दिर, डा. हेडगेवार नगर, ब्रिटेन सेना, बेतियामा भइरहेको छ।
समारोहको उद्घाटनमा बिहारका राज्यपाल राजेन्द्र विश्वनाथ आरलेकर मुख्य अतिथि थिए। विशिष्ट अतिथिहरूमा ब्रह्मा जी राव, अखिल भारतीय मन्त्री, विद्या भारती, हेम चन्द्र जी, पालक अघिकारी, दिवाकर घोष, संगठन मन्त्री, पूर्व क्षेत्र, रघुनाथ साहु, क्षेत्रका अध्यक्ष, मन्त्री, प्रान्तीय अधिकारी, अन्य कार्यकर्ता उपस्थित थिए।
यस खेलकुद समारोहमा देशभरिबा प्रायः १२०० भाई-बहिनी, खेल सञ्चालक, निरीक्षक कार्यकर्ता, आचार्य-आचार्या, स्थानीय अभिभावक उपस्थित रहेका छन्। पूर्व क्षेत्र अन्तर्गत सिक्किम, उत्तर बंग, दक्षिण बंग, ओडिसाबाट प्रतिभागीहरूले भाग लिनेछन्। विद्या भारती सिक्किमलाई प्रतिनिधित्व गर्दै बिजनबारीबाट २ जना आचार्य-आचार्यासहित ६ जनाले भाग लिइरहेका छन्।
क्षेत्रस्तरको यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभागीहरूले राष्ट्रिय स्तरको खेलकुद समारोहमा भाग लिने अवसर प्राप्त गर्नेछन्। यस खेलकुद समारोह अन्तर्गत प्रायः 65 खेल विधामा प्रतियोगिता सम्पन्न हुने जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।