खरसाङ: खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बाकाे २१औं स्थापना दिवस पालन साथै ल्हबाब दुछेन पूजाकाे आयोजना गरियो। खरसाङकाे शेर्पा बस्तीमा अवस्थित शेडुप धार्गेलिङ्ग गुम्बाकाे स्थपना दिवस रुपमा पालन गरियो। आज विशेष बुध्दिष्टहरुकाे ठूलो पूजा ल्हबाब दुईछेन् परेकाे हुनाले बिहानदेखि नै पूजापाठ सम्पन्न भएको थियो। यसको साथै २१औं स्थपना दिवसको उपलक्ष्यमा सभासद श्याम शेर्पाकाे बहुलीबाट केक काटेर कार्यक्रमकाे शुरुआत गरियो। सभासद् श्याम शेर्पाले सबै सबैलाई २१औं स्थापना दिवसको बधाई टक्राए साथै २१ वर्षसम्म राम्रोसितले गुम्बा सञ्चालन गरेकाेमा समाज गुम्बा कमिटीकाे आनिलाहरु र लामाहरुकाे खुल्ला रुपमा प्रशंसा गरेका थिए। यस कार्यक्रममा विशेष शेर्पा समाजकाे सभापति दावा शेर्पा, सदस्यगणहरु, गुम्बा कमिटीकाे आनिलाहरु, लामाहरु उपस्थित थिए भने कार्यक्रमकाे सञ्चालन समाजकाे सह सचिव नर्बु राजेन शेर्पाले गरेका थिए।
यस कार्यक्रममा खेम्पो पासाङ दावाले ल्हबाब दुईछेन् पूजाबारे सबै सबैलाई प्रवचन दिएका थिए।
गुम्बाकाे २१औं स्थापना दिवस सबैले हर्षोल्लासित मनाएको जानकारी प्राप्त भएको छ। यस अवसरमा सभापति दावा शेर्पाले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।