कालचिनी– कालचिनी खण्डको नयाँ बीडीओले कार्यभार सम्हालेपछि शनिबार तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट नयाँ बीडीओ जयदीप चक्रवर्तीलाई फुलको गुच्छा र स्मृति चिन्ह प्रदान गर्दै सम्वर्द्धना प्रदान गरियो। यस अवसरमा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल नेताहरू हैदर अली अन्सारी, पवन योल्मो, विजय साइबो लगायत कालचिनी पञ्चायत समितिको सभापति, सहकारी सभापति, विभिन्न ग्राम पञ्चायतका प्रधान औ उपप्रधानहरूको उपस्थिति रहेको थियो।
गत केही दिन अघि मात्र भुतपुर्व बीडीओ प्रशान्त बर्मनको स्थानान्तरण पश्चात कालचिनी बीडीओको रुपमा जयदीप चक्रवर्तीको नाम सरकारी अधिसूचनामा परेको थियो भने कालचिनी ब्लकको बीडीओको हैसियतमा गर्नु पर्ने कामहरू इमान्दारीताको साथ गर्ने बीडीओ जयदीप चक्रवर्तीले जनाएका छन्।