सिलगढी शहरलाई प्लास्टिक मुक्त बनाउनको निम्ति विशेष पहल

IMG_20220718_224701.png

सिलगढी: लागि सिलगढी नगरनिगमको ३ नम्बर बोरो कमिटीले सिलगढी शहरलाई प्लास्टिक मुक्त बनाउनको निम्ति विशेष पहल गरेको छ। सिलगढी नगरनिगमको २३ नम्बर वार्डको प्रीतिलता वेलफेयर भवनमा आज व्यवसायी समिति, सामाजिक संगठन, मन्दिर कमिटी एवम् भवनका प्रतिनिधिहरूसित एउटा बैठक गरियो। उक्त बैठक मुख्य रूपमा प्लाष्टिक र थर्मोकल उत्पादहरूमाथि प्रतिबन्ध लगाउने उद्देश्यले आयोजना गरिएको हो। उक्त बैठकमा नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, स्थानीय पार्षद लक्ष्मी पाल, बोरो चेयरम्यान मिल्ली शील सिन्हा, सिलगढी बृहत्तर खुद्रा व्यवसायी समितिका सचिव विप्लब राय मुहुरी लगायत अन्य उपस्थित थिए। बोरो चेयरम्यान मिल्ली शील सिन्हाले बताए अनुसार प्लास्टिकको प्रयोग रोक्नको लागि विभिन्न इलाकाहरूमा गएर साधारण मानिसहरूलाई जागरूक गरिनेछ। यसै सम्बन्धमा आज एउटा बैठकको आयोजना गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement