सिलगढी: आज माध्यमिक, उच्च माध्यमिक र स्नातक स्तरमा ६० प्रतिशतभन्दा अधिक अङ्क प्राप्त गर्ने मेधावी खेलाड़ीहरूलाई सम्मानित गरियो। आज सिलगढी टेबल टेनिस अकादमीमा एउटा कार्यक्रमको आयोजना गरेको थियो। यसको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने अकादमीका मेधावी खेलाड़ीहरूलाई पनि सम्मानित गरियो। यस अवसरमा मुख्य अतिथिको रूपमा रामकृष्ण वेदान्त आश्रमका स्वामी रघबनन्द महाराज, समाजसेवी आलोक चक्रवर्ती, पार्षद कुन्तल राय लगायत अन्य उपस्थित थिए।










