कालचिनी: विगत ३ बर्ष अघि भोटाङको पुनाखामा काम गर्न गएको भारतीय कामगार जयगाउँ मङ्गलाबारे हाटखोला निवासी सोमाई सोरेन उमेर ४० को मृत्यु भएकोले आज मृतकको शव फुन्छेलिङ गेटबाट जयगाउँतर्फ पुलिसको उपस्थितिमा सुपुर्दगी गरिएको थियो|
मृतकको ससुरा अजीत दासले बताए अनुसार दुई दिन अघि नै ज्वॉंईको मृत्यु भएको सूचना पाएको तर शव आज मात्र यता आईपुगेको र मृत्यु कसरी भयो यो रहस्य बनेको जनाएका छन्| यता शवलाई पुलिसले पोस्टमार्टमको निम्ति कोचबिहार पठाएको जान्नमा आएको छ|