डकैतको उद्देश्यले बसेका सातजना बदमासहरू पक्राउ

photocollage_202271822163935.jpg

सिलगढी: सातजना बदमास युवाहररू डकैती गर्ने उद्देश्यले भेला भएका ठाउँबाट आज सिलगढी पुलिसले पक्राउ गरेको छ। पक्राउ गरेर पुलिसले ति बदमासहरूलाई सिलगढी अदालतमा पेश गर्यो। आज पुलिसद्वारा पक्राउ गरिएका बदमासहरू क्रमैले सिलगढीको विभिन्न थाना अन्तर्गत इलाका निवासी क्रमैले सैनिक नन्दी (२०), रञ्जन साहनी उर्फ राजेन (२२), सुबोध बर्मन उर्फ सुभजीत (२५), जगेन्द्रनाथ बर्मन (२९), सुमित दास उर्फ नेपो (२७), मोहम्मद अली राजा ( २३) र शुभम मण्डल (२५) सामेल छन्। पुलिस सूत्रले बताएनुसार पक्रा परेका सातजना युवक चोरी अथवा कुनै ठुलो घटनाको उद्देश्यले भेला भएका थिए। पुलिसले घटनाको जाँच सुरू गरेको छ।

About Author

Advertisement