जगदीश शर्मा पानीमाथिको ओभानो हुन खोजेका हुन्ः एसकेएम

IMG-20231102-WA0273.jpg

गान्तोक: केही दिनअघि एसडीएफ पार्टीको झण्डा समाएका जगदीश शर्माले आफू दार्जिलिङको कुनै पार्टीसँग आबद्ध नरहेको बताउँदै यो एसकेएम पार्टीको सामाजिक सञ्जालले फैलाएको कुरा भनेर पानीमाथिको ओभानो हुन खोजेका एसकेएम पार्टीले आरोप लगाएको छ।

शर्माको बयानको एसकेएम पार्टीले घोर विरोध साथै निन्दा गरेको पार्टीका प्रचार प्रसार सचिव रञ्जना प्रधानद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। शर्मा विगत वर्ष २०२२ को सेप्टेम्बरमा अजय एडवर्डस् नेतृत्वधीन हाम्रो पार्टीमा सामेल भएको कुरा एसकेएम पार्टीको सोशियल मीडियाले नभएर अजय एडवर्डस्ले उनको आधिकारिक फेसबूक पेजमा ४ सेप्टेम्बर २०२२ को दिन साझा गरेको बताइएको छ। जगदीश शर्मालाई कतै कसैले नपत्याएपछि अन्ततः चामलिङको शरणमा पुगेको एसकेएमले बताएको छ।

२०१९ मा एसकेएम पार्टीले चुनाउ जितेर सरकारमा पुगेपछि जगदीश शर्माले व्यक्तिगत स्वार्थपूर्तिको निम्ति एसकेएम पार्टीलाई पनि रिझाउन प्रयास गरेका थिए। उनले एसकेएम नेताहरूलाई सोझै केही भन्न नसकेपछि फेसबुकतिर एसकेएम सरकारको बढ़िबढ़ाइ गरेका थिए। आफ्नो सिद्धान्तमा अडिग बस्न नसक्ने र जता फाइदा हुन्छ त्यताको कुरा गर्ने जगदीश शर्मालाई उनकै भाषामा भन्नु हो भने उनी प्रजातन्त्र विरोधी हुन्।

शर्माले एसकेएम पार्टीको सोशल मीडियालाई दोष लगाउनु अघि उनले आफ्नो विगतलाई फर्केर हेर्नुपर्ने पार्टीले सुझाउ दिएको छ। उनले घरि भागोप्रमोको आड़मा भोट मागिरहेका हुन्छन्, घरि हाम्रो पार्टीको मञ्चमा उभिएर भाषणवाजी गरिरहेका हुन्छन्। कतै उनको कुरा नबिकेपछि अन्ततः पवन चामलिङकै शरणमा आएर एसकेएम पार्टीलाई दोष लगाउने गरेको पार्टीको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement