जेरिना गुरूङलाई भोट दिएर विजयी बनाउनु पर्ने अपील

IMG-20231102-WA0271.jpg

साेरेङ: देशको २२औं राज्य सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सानो गाउँ-सुन्दर ठाउँ बडा-साम्दोङ निवासी गोपाल गुरूङ अनि जिना गुरूङकी सुपुत्री सुश्री जेरिना गुरूङले काठमाडौंमा आयोजना भइरहेको मिस गुरूङ इन्टरनेसनल सिजन पाँच प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरिसकेकी छन्। १६ वर्षकै कलिलो उमेरमा उनले यस अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सहभागीता जनाएर गाउँ समाज, आफ्नो समुदाय अनि सिक्किमलाईनै प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्।

आठौं श्रेणी सम्मको शिक्षा सेराब ओडसाल रेल्डेलिङ एकेडेमी बाट प्राप्त गरेर अहिले उनी केबी लिम्बु सरकारी उच्चतर माध्यमिक विद्यालय श्रीबदाममा कक्षा बाह्रौ श्रेणीमा विज्ञान विषय लिएर शिक्षा आर्जन गरिरहेकी छिन्। सानै छँदादेखि विभिन्न विधामा सहभागी बन्न रूचि राख्ने जेरिना शिक्षा क्षेत्र साथसाथै गायन, नृत्य, साहित्य लगायत सुन्दरी प्रतियोगितामा पनि सक्रिय सहभागीता जनाएर उनले आफ्नो क्षमतालाई निखार्ने कार्य गर्दै आइरहेको हुनाले उनले यहाँसम्म यात्रा आज तय गर्न सफल भएकी छन्।

मिस गुरूङ इन्टरनेसनल सम्बन्धि उनको यात्राको कुरा गर्न पर्दा उनी प्रतियोगितामा सबैभन्दा कम उमेरको प्रतियोगी हुन् तर उनको बौद्धिक योग्यता, समाजिक विचारधारा, सुन्दरता, गायन अनि नृत्य क्षमता, साहित्यिक अभिरूचि, अनुशासन अजि प्रतिबद्धताको हिसाबले मिस गुरूङ इन्टरनेसनल सिजन पाँचको ताज जित्न सक्ने दावेदार मानिन्छ। उक्त प्रतियोगितामा उनको अहिलेसम्मको प्रस्तुतिलाई नियालेर हेर्नु हो भने उनले खुबै असल प्रकारले आफूलाई प्रस्तुत गर्दै आइरहेकी छिन् यसर्थ उनलाई भोट दिएर जिताउनु पर्ने परिवार पक्षले अपील गरेका छन्।

About Author

Advertisement