कोलकाताः पश्चिम बंगालसित गाँसिएको भारत-बङ्गलादेश सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ)-ले सुनको एउटा ठूलो तस्करीलाई असफल बनाइदिएको छ। बीएसएफको दक्षिण बङ्गालका मुख्य सम्पर्क अधिकारी औ डीआईजी एके आर्यले बिहीवार अपरान्ह यस आशयको जानकारी दिए।
उनले बताए, एक दिनअघि उत्तर २४ परगनाको पेट्रापोल सीमा चौकी नजिक बीएसएफ जवानहरूलाई सुन तस्करी भइरहेको पुख्ता सूचना प्राप्त भएको थियो। त्यसपछि एउटा संदिग्ध ट्रकलाई रोकेर बीएसएफका जवानहरूले जाँच गरे। जाँचमा केबिनभित्र बनाइएको विशेष ठाउँमा सुनका ६० वटा बिस्किट लुकाएर राखेको भेटियो जसलाई सेतो रङ्गको पारदर्शी टेपमा लपेटिएको थियो। सुनको भार ६९९८.५८० ग्राम रहेको छ जसको मूल्य लगभग ४ करोड़ ३२ लाख ८६ हजार रुपियाँ रहेको अनुमान लगाइएको छ। ट्रक चालकलाई पक्राउ गरिएको छ जसको पहिचान उत्तर २४ परगनाको बनगाउँ थाना क्षेत्र निवासी २३ वर्षीय सुरज मैगको रूपमा भएको छ।
आरोपीले जाँचबुझमा बताए अनुसार ट्रकलाई तस्करीको निम्ति नै प्रयोग गर्दै आएको छ। ल्याण्ड ट्रान्सपोर्टको माध्यमबाट उ बङ्गलादेश आउने जाने गर्दछ। बङ्गलादेशका मोहम्मद मामुन नामक एक तस्करले उसलाई सुन तस्करीको लोभ देखाएको थियो जसको निम्ति उसलाई दश हजार रुपियाँ दने भएको थियो। सुनलाई उत्तर २४ परगनाको पेट्रापोलकै वासिन्दा अर्को तस्करलाई अजगर शेखलाई सुम्पिनुथ्यो।
-हिस