शुभेन्दुले साझा गरे इनकम ट्याक्स रिटर्नको दस्तावेज

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले एक दिनअघि बुधवार प्रेस कन्फ्रेन्स गरी नेता प्रतिपक्ष शुभेन्दु अधिकारीमाथि गम्भीर आरोप लगाएकी थिइन्। उनले दाबी गरेकी थिइन्, हल्दियामा शुभेन्दुसित अवैध सम्पत्ति छ। यसलाई लिएर बिहिवार अधिकारीले आफ्नो इनकम ट्याक्स रिटर्नको दस्तावेज सोशल मीडिया प्लेटफार्म एक्समा साझा गरेका छन्। साथै उनले भने, मुख्यमन्त्रीले धेरै झूठो बोल्छिन्।

शुभेन्दुले लेखे, मुख्यमन्त्री ममता ब्यानर्जी यो मेरो नवीनतम आयकर रिटर्न हो। हिजो तपाईले मलाई तारो बनाइन् र म विरूद्ध बेबुनियाद आरोप लगाइन्, तपाईले मेरो नाम अवश्य लिइनन् किनभने तपाईमा साहस थिएन। म तपाईलाई चुनौती दिन्छु। तपाईले आफ्नो पूरा शक्ति र जाँच एजेन्सीहरूको प्रयोग गर्नुहोस् जस्तै सीआईडी, प्रवर्तन शाखा, गोप्य शाखा आदि र प्रमाणित गर्नुहोस् मैले जे घोषित गरेको छु, त्यसभन्दा एक पैसा अधिक अर्जित गरेको छु वा आयभन्दा अधिक सम्पत्ति अर्जित गरेको छु।

उनले अझ् एउटा चुनौती दिँदै भने, तपाईले हरीश चटर्जी स्ट्रीटम स्थित भूमिको स्वामित्व विलेखको प्रति सावर्जनिक गर्नुपर्छ। कालीघाट, कोलकाताको जुन जमीनमा कब्जा गरी तलाईले घर बनाएकी छन्, त्यो कब्जा वैध हो वा होइन किन बताउँदिनन्। साहस छ भने यसको दस्तावेज साझा गर्नुहोस्। उनले भने, आशा गर्दछु, तपाईमा मेरो चुनौती स्वीकार गर्ने साहस छ। क्यामराको सामू वाहियात कुरा गर्नु सबैभन्दा सजिलो हन्छ। अब मैले जे भनेको छु, त्यो गरेर देखाउनुहोस्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement