कालचिनीः बिहीबार भारत भोटाङ सीमान्त सहर जयगाउँको बहु बजारमा आफन्त सम्बन्धीबीचको झगड़ामा एकजनाको हत्या भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, जयगाउँ निवासी नवल किशोर चौधरी र ओमप्रकाश चौधरीबीच दोकान परिसरमा अटो राख्ने ठाउँ लिएर भनाभैरी चलेको थियो।
सोही भनाभैरीले भयावह रुप लिँदा ओमप्रकाश चौधरीले एउटा धारिलो हतियारले नवल किशोर चौधरीमाथि हमला गर्दा नवल किशोर चौधरीको पेट, छाती र हातमा गम्भीर चोट लागेको थियो भने आशङ्काजनक अवस्थामा घाईतेलाई कालचिनी स्थित उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याई पुऱ्याउँदा घाईते नवल किशोर चौधरीको मृत्यु भईसकेको चिकित्सकहरूले घोषणा गरेको थियो। यता हत्यारा ओमप्रकाश चौधरीलाई जयगाउँ थानाको पुलिसबलले पक्राउ गरेको बताईएको छ भने सम्पूर्ण घटनाको जाँच चलिरहेको जयगाउँ थाना प्रभारी टीएन लामाले जनाएका छन्।