एसएसकेएम अस्पतालमा मुख्यमन्त्री ममता ब्यानर्जीको गलत उपचार भएको खुलासा

CM-Mamta-Banerjee-4

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रतिष्ठित सरकारी अस्पताल एसएसकेएममा गलत उपचार भएको समाचार छ। मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार यसको जानकारी दिएकी हुन्। मुख्यमन्त्रीको दावीले अस्पतालको पर्दाफास भएको छ। बुधबार राज्य सचिवालय नबनमा पत्रकार सम्मेलनमा मुख्यमन्त्री ममता ब्यानर्जीलेभनिन्, ‘मैले १०-१२ दिनदेखि आईभी इन्जेक्सन लिइरहेको छु, किनभने गलत उपचारका कारण मेरो खुट्टामा इन्फेक्सन भएको थियोl’ उनले आफ्नो खुट्टामा लागेको चोटको उपचार गलत भएको बताइन्।

हेलिकप्टरको आकस्मिक अवतरणका क्रममा मुख्यमन्त्रीको खुट्टामा चोट लागेको थियो। पछि मुख्यमन्त्रीको स्पेन भ्रमणका क्रममा पुरानो खुट्टाको घाउ फेरि दुख्यो। उनी स्पेन र दुबईको यात्रापछि २३ सेप्टेम्बरको साँझ कोलकाता फर्किएकी थिइन्। भोलिपल्ट अर्थात २४ सेप्टेम्बरमा मुख्यमन्त्रीको खुट्टाको एसएसकेएम अस्पतालमा उपचार गरिएको थियो। त्यो साँझ घर फर्किइन्। चिकित्सकले उनलाई अस्पताल भर्ना गर्न सल्लाह दिए पनि मुख्यमन्त्री घरमै उपचार गर्न चाहन्थिन्। उनको घरमै विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको थियो। खुट्टाको समस्याका कारण चिकित्सकको सल्लाहबमोजिम लामो समय घरमै बस्नुपरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *