मोदीकेयरद्वारा वेल फ्रीडम पिरियड केयर दायराको शुरुवात

IMG-20231101-WA0230

नयाँ दिल्ली: मोदीकेयर, वेल फ्रिडम पिरियड केयर दायराको शुरुवातसँगै आफ्नो वेलनेस दायरा विस्तार गरेको प्रेस विज्ञप्तिमा बताएको छ। महिलाहरुको महिनावारी सम्बन्धी विशेष स्वास्थ्य आवश्यकताहरु पूरा गर्न डिजाइन गरिएको, यो नवप्रवर्तनकारी उत्पादनहरु महिलाहरुको महिनावारीको समयमा महिलाको आराम र भावनात्मक स्वास्थ्यको विशेष ख्याल राख्ने सामग्रीहरुसँग बनाइएको विज्ञप्तिका उल्लेख गरिएको छ। विज्ञप्तिका अनुसार, ‘महिलाहरूको कल्याण सुनिश्चित गर्ने प्रतिबद्धताका साथ, मोदीकेयरको वेल ब्रान्डले उनीहरूको विशेष आवश्यकताहरू पूरा गर्न र उनीहरूका समस्याहरू समाधान गर्न प्रतिबद्ध रहेको छ। महिला स्वास्थ्यलाई ध्यानमा राखेर डिजाइन गरिएको, वेल दायराले सबैका लागि राम्रो स्वास्थ्य सुनिश्चित गर्ने मोदीकेयरको मिशन पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यो मिशनलाई ध्यानमा राख्दै, मोदीकेयरले महिनावारीको समयमा महिलाहरूको विशेष हेरचाह गर्ने, उनीहरूलाई महिनावारीको समयमा हुने असुविधाबाट मुक्ति प्रदान गर्ने, उनीहरूलाई सहज र आत्मविश्वासी बनाउने सामग्रीहरूसहित वेल फ्रीडम दायरा ल्याएको छl’

लन्चको बारेमा टिप्पणी गर्दै, मोदीकेयर लिमिटेडका संस्थापक र प्रबन्ध निर्देशक समीर के मोदीले भने, ‘द्रुत गतिमा बढिरहेको वेलनेस उद्योगमा महिलाहरूले स्वास्थ्यलाई प्राथमिकता दिने तरिका पनि परिवर्तन भएको छ। आज महिलाहरु महिनावारी को समयमा आफ्नो चुनौतिहरु को समाधान को लागी सचेत छन्। मोदीकेयरमा हामीले सधैं महिलाको हितलाई महत्व दिएका छौंl’

About Author

Advertisement