गान्तोक: सिक्कमका उच्च न्यायालयका पूर्व न्यायधीश नरेन्द्र कुमार जैनले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी आवसमा भेट गरे। भेट अवधि न्यायधीश जैनले स्वार्गीय पदम गुरूङको असामायिक निधन सम्बन्धमा उनले संग्रह गरेका सम्पूर्ण रिपोर्ट हस्तान्तरण गरे। यस अवधि राज्यका मुख्य सचिव भीबी पाठक अनि कानून अनि संसदीय मामिला विभागीय सचिव सुरज छेत्रीको पनि उपस्थिति रहेको थियो। ज्ञात रहोस्, नाम्ची कामराङ सरकारी महाविद्यालयका एसआरसी अध्यक्ष पदम गुरूङको गत 27 जुनमा रहस्यमय ढङ्गमा मृत्यु भएको थियो। उनको निधनमा मृतकका परिवारजनले असन्तुष्ट व्यक्त गरेपछि राज्य सरकारले सिक्कमका उच्च न्यायालयका पूर्व न्यायधीश नरेन्द्र कुमार जैनको नेतृत्वमा यो मामिलामा छानबिन गर्नेको निम्ति टोली गठन गरेको थियो। तीन महिनासम्म घटनाको छानबीन गरेपछि अन्ततः आज उनले आज मुख्यमन्त्रीलाई रिपोर्ट बुझाएका छन्।