कमान्ड अस्पतालमा ज्योतिप्रियको चिकित्सकीय जाँच गरियो

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः राज्यको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व खाद्य मन्त्री एवं वर्तमानमा वनमन्त्री ज्योतिप्रिय मल्लिकलाई ब्याङ्कशाल कोर्टको आदेश अनुसार बुधवार दिउँसो कोलकाताको सैन्य कमान अस्पतालमा चिकित्सकीय जाँच गराइएको छ।

ईडीका अधिकारीले उनलाई आफ्नो गाड़ीमा बसाएर अस्पताल लगे। यहाँ कोर्टको आदेशको प्रति देखाएर सबै कानूनी प्रक्रिया पूरा गरियो, जसपछि अस्पतालमा एमरजेन्सी वार्डमा विशेषज्ञ डाक्टरहरूको टीमले ज्योतिप्रिय मल्लिकको स्वास्थ्य जाँच गरे। उनी जुन स्थितिमा पक्रा परेका थिए, उनको स्थिति त्यस्तै बनेको छ।

यसपछि ईडी अधिकारीहरूले उनलाई पुनः सीजीओ कम्प्लेक्स स्थित केन्द्रिय एजेन्सीको मुख्यालयको हिरासतमा लिएर आएका छन्। सूत्रहरू अनुसार, उनीसित एक पल्ट फेरि सोधपुछ शुरू गरिएको छ।

-हिस

About Author

Advertisement