शिक्षक नियुक्ति भ्रष्टाचारः प्राथमिक शिक्षा बोर्डका अध्यक्ष गौतम पालसॅंग हुनेछ सोधपुछ

00-1-Rajya-Samachar-4

कोलकाताः केन्द्रिय जॉंच ब्यूरो (सीबीआई) ले स्कूल भर्ती घोटालामा पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्ड (डब्ल्यूबीबीपीई) का अध्यक्ष गौतम पालसॅंग सोधपुछ गर्ने तयारी गरेको छ। सोमवार सुप्रीम कोर्टले मामिलामा सीबीआई जॉंच विरूद्ध सुरक्षाको उनको याचिका खारेज गरिदिएको थियो। यसपछि मंगलवार सीबीआईका एक अधिकारीले कलकत्ता हाई कोर्टको आदेश अनुसार उनीसॅंग सोधपुछको निम्ति तयारी चलिरहेको बताएका छन्। उनीसॅंग एकपल्ट सोधपुछ भइसकेको छ भने उनले राम्रो सहयोग नगरेको आरोप छ।

सूत्रहरू अनुसार, केन्द्रिय एजेन्सीका अधिकारीहरूले बोर्डका उप सचिव पार्थ कर्माकरलाई पनि बोलाएर सोधपुछ गर्ने तयारी गरिरहेको छ। उनको सुरक्षाको निम्ति पनि यस्तै याचिका शीर्ष अदालतले सोमवार खारेज गरेको थियो। कलकत्ता हाई कोर्टले १८ अक्टोबरमा सीबीआईलाई बंगाल स्कूल नोकरी मामिलाको जॉंचमा पाललाई पनि सामेल गर्न निर्देश दिएको थियो। न्यायमूर्ति गांगुलीले जॉंच प्रक्रियामा सहयोग नगरेको खण्डमा पाललाई हिरासतमा लिनसमेत सीबीआईलाई अधिकृत गरेको थियो।

पाललाई बुधवार सॉंझ मध्य कोलकातामा सीबीआईको निजाम प्यालेस कार्यालयमा उपस्थित हुन लगाएको छ। न्यायमूर्ति गांगुलीले सीबीआईलाई यस मामिलामा कर्माकरसॅंग पनि सोधपुछ गर्न निर्देश दिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement