फोन ट्यापिङबारे राहुल गान्धीको कडा हमला

Rahul-Gandhi-Congress-Leader

नयाँ दिल्ली: कांग्रेस नेता राहुल गान्धीले आज विपक्षी नेताहरूको फोन ट्यापिङको आरोपमा केन्द्रको नरेन्द्र मोदी सरकारमाथि ठूलो हमला गरे। एक जनालाई बचाउनका लागि यो खेल खेलिरहेको उनको आरोप छ। उनले भने, ‘विपक्षी नेताहरूले कम्पनीबाट सूचना प्राप्त गर्छन् कि राज्य प्रायोजित आक्रमणकारीहरूले तपाईंको फोन ह्याक गर्न खोज्छन्। तर हामी झुक्नेवाला छैनौंl’ राहुल गान्धीले आफ्नो वक्तव्यमा उद्योगपति गौतम अडानीलाई पनि निशाना बनाएका छन्। उनले देशमा अदानी नम्बर एक, प्रधानमन्त्री मोदी दोस्रो र अमित शाह तेस्रो नम्बरमा रहेको आरोप लगाए। उनले भने, ‘हामीले अडानीलाई घेरा हालेका छौं। हामीले सुगालाई यसरी पक्र्यौं कि त्यो भाग्न सक्दैन। विपक्षीको नजर खोरमा बसेको सुगामा छl’

आफ्नो अफिसमा सबैलाई एप्पलबाट यो सन्देश आएको राहुल गान्धीले आरोप लगाए। ती सबै कुनै न कुनै रूपमा अडानी प्रकरणमा संलग्न छन् भन्ने उनको भनाई छ। उनले भने, ‘यहाँ के भइरहेको छ, देशका युवालाई बुझाउन चाहन्छु। केन्द्र सरकारले कहिले यता र कहिले उता देशका जनताको ध्यानाकर्षण गर्छ। तपाईंको मन भित्र क्रोध पैदा गराउँछन् र जब तपाईंको मनमा घृणा र क्रोध उत्पन्न हुन्छ, तपाईंको भविष्य जुन देशको सम्पति हो त्यसलाई उठाएर यिनीहरूले लैजान्छ। तीन–चार जनाले सिङ्गो देश धानिरहेको छ। देशका युवाहरु मारमा परेका छन्l’

About Author

Advertisement