गेजिङ: कोरोना भाइरसको विश्व व्यापी महामारी पछि सिक्किममा टिस्टा नदीको बाढ अनि जलप्रलयको प्रकोपमा परेर ज्यान गुमाएका सिक्किम तथा पश्चिम बंगालका मानिस साथै पशु-प्राणीहरुको शान्तिका निम्ति पूजाअर्चना सँगसँगै बेपत्ता मानिसहरुको सकुशलताका लागि प्रार्थना गर्दै प्रार्थना गरियो। त्रासदीको चपेटमा परेर आफ्नो सर्वस्व गुमाउन परेका अनि धनजनको क्षयक्षति भएर राहत शिविरमा शरण लिन बाध्य बनेका पीडितहरुप्रति समवेदना जनाउँदै यस वर्षको बड़ा दशैँ शान्तिपूर्ण ढंगमा मनाएको छ। पश्चिम सिक्किमका आम नागरिकले बडादशैं २०२३ लाई शान्तिपूर्ण ढंगमा पालन गरेका छन्। समाजिक एकता, आपसी सद्भावना र भातृत्व अभिबृधिमा ठूलो मदत पुऱ्याउने बडा दशैँलाई गत सालको तुलनामा मनाउन नसकेता पनि घरकै परिवार र छिमेकीहरु मिलेर मनाइरहेका छन्। ठूला बडाको आशीर्वाद लिँदै मनाइएको यस उत्सवको टीका ग्रहणको शुभ साइतलाई गत बर्ष झै पालन गरिएको थियो। दशैँको उत्सवमा अहिलेसम्म कुनै अप्रिय घटना बिना शान्तिपूर्ण नै रहेको जिल्ला प्रशासनले जानकारी गराएको छ। वैदिक सनातन धर्मानुयायीहरूले दशैंको आर्शीवादलाई पौराणिक पात्रहरु र तिनको महारथसँग जोडेका छन्। दशमी तिथी अर्थात् विजयादशमीको दशैं दिनमा दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ। हिन्दु सनातन संस्कार मताबिक टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथि देवताहरुको विजय, असत्यमाथि सत्यको विजय अनि अमानविय तत्वमाथि मानवताको विजयका रुपमा मनाइएको छ। सधै झैं आफन्तहरुको भेटघाट तथा आपसी सदभावना सन्देश बाड्न, नपाएता पनि परिवारजनले टीका र जमरा थाप्दै आशीर्वाद लिएका छन्। घट- स्थापनादेखि शुरु भएर नवरात्र हुँदै कोजाग्र पूर्णिामासम्म मनाइने बड़ा दशैँ आज चन्द्रग्रहण लाग्ने भएकाले दशैँ टिकालाई आज बिहान नै विसर्जन गरिएको छ।