मिरिक: नेपाली संस्कृति परिषदले सिस्टर निबेदिताको जन्मजयन्ती आज मिरिकको श्रीकृष्ण मन्दिर प्रांगणमा पालन गर्यो। यस कार्यक्रममा परिषदका अन्तर्राष्ट्रिय कार्याकारी अध्यक्ष अशोक चौरासिया, उत्तर बंगाल र सिक्किमका प्रान्त प्रचारक श्यामा चरण रायले जन्मजयन्ती बारे प्रकाश पारेl २८ अक्तोबर १८६७ मा आयरल्यान्डमा जन्मिएकी मार्गरेट एलिजाबेथ नोबल स्वामी विवेकानन्दले शिकागोमा दिएको दिएका भाषणले सनातन संस्कृति र भारतको दर्शन प्रति प्रभावित भएको वक्ताहरूले बताए। स्वयं इशाई धर्म प्रचारिका रहे पनि निबेदिताले भारतमा आफ्नो जीवन समर्पित गर्ने प्रस्ताव दिइन्। स्मरण रहोस्, उनकी पिता एक पादरी थिए। पछि सिस्टर निवेदिता यसरी कोलकाता आएपछि उनले कोलकातामा नारी शिक्षाको निम्ति बालिका विद्यालय शुरु गरिन्। ऋषि अरबिन्दलाई स्वतन्त्रको नेतृत्व गर्ने प्रेरणा दिने भारतमा प्लेग जस्तो हैजा फैलिएको समय आफ्नो सेवाले श्रेष्ठताको उदाहरण प्रस्तुत गरेकी सिस्टर निवेदिताले भारतीय संस्कृति र पराम्परालाई बडावा दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। सबैको प्रेरणाको स्रोत बनिएकी सिस्टर निवेदिताको देहावसान दार्जीलिङमा भएको थियो। संस्थाकी प्रेस सचिव रोशनी छेत्रीले समाचार दिएअनुसार ३ अक्टोबर १९११ मा दार्जीलिङको राय भिल्लामा सिस्टर निवेदिताको देहावसान भएको थियो। भारत र सनातन संस्कृतिको उत्थानका लागि उहाँले आफ्नो सर्वस्व अर्पण गरिन्। उनको समाधि दार्जीलिङको शमशानघाटमा छ। सिस्टर निवेदिता।सबैको प्रेरणाको स्रोत बनेकी छिन्l









