चन्द्रयान-३ को मिशनमा भूमिका निर्वाह गर्ने कोचबिहारका रञ्जन सरकार सम्मानित

IMG-20231028-WA0188

कोचबिहार: भारतको चन्द्रयान–३ मिसन सफल भएको छ। इसरोको यो सफलतामा सम्पूर्ण देश गर्व गर्दछ। कोचबिहारका पिनाकी रञ्जन सरकारले चन्द्रयान-३ मिसनमा प्रत्यक्ष काम गरेका छन्। चन्द्रयान–३ को सफल मिसनमा उनको भूमिका थियो। कोचबिहार जस्ता सिमावर्ती जिल्लाका पिनाकी रञ्जन सरकारले देशको यो सबैभन्दा ठूलो अन्तरिक्ष अनुसन्धान केन्द्रमा अनुसन्धान गरिरहेका छन्। आज चन्द्रयान-३ को सफलताका योद्धा मध्येका एक पिनाकी रञ्जन सरकारलाई एक सम्मान समारोहद्वारा सम्मान गरियो। कोचबिहार साहित्य सभाको यस कार्यक्रममा कोचबिहारका जिल्ला मजिस्ट्रेट, कोचबिहारका जिल्ला पुलिस अधीक्षक, उत्तर बंगालका अध्यक्ष, राज्य यातायात निगम र जिनकिन्स स्कूलका प्रिन्सिपल सहभागी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement