प्रेस क्लब अफ् सिक्किमको २०औं स्थापना दिवस पालन

IMG-20220717-WA0193.jpg

वरिष्ठ पत्रकार भीम राउत कञ्चनजङ्घा कलम पुरस्कारले अलङ्कृत

गान्तोक। प्रेस क्लब अङ्ग्‌ सिक्किमले आज आफ्नो २०औं स्थापना दिवस भव्यतापूर्वक पालन गर्‍यो। मुख्य अतिथिको रूपमा उपस्थित राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट यस अवधि वरिष्ठ पत्रकार भीम रावतलाई कञ्चनजंघा कलम पुरस्कार २०२२-द्वारा सम्मान जनाइयो भने युवा पत्रकार सूजल प्रधानलाई लगनशील पत्रकारिता पुरस्कार अनि वरिष्ठ पत्रकार सुकबीर ब्लोनलाई अभिनन्दन जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रेस क्लबको स्थापना गर्न महत भूमिका निर्वाह गर्ने सबैप्रति कृतज्ञता जनाए।

पत्रकारहरूमा धैर्यता, सरलता अनि जोश हुन आवश्यक रहेको उनले मन्तव्य व्यक्त गरे। पत्रकारहरूले कुनै पनि विषयलाई विश्र्लेषण गरेर जनताअघि प्रस्तुत गरिदिन उनले आह्वान गरे। योसँगै सरकारको गल्ती कुरालाई पनि लेख्नुपर्ने उनले मन्तव्य व्यक्त गर्दै सरकारको गल्तीलाई पत्रकारहरूले देखाए निश्र्चित रूपमा संशोधन गर्ने उनले वचन दिए। पत्रकारितामा पैसा कमाउँदैन होला तर नाम आवश्यक कमाउँछ भन्दै पत्रकारिता पैसा कमाउनुको निम्ति होइन जिम्मेवारी वहन गर्नुको निम्ति गर्नुपर्छ भन्ने विचार पोखे। वर्तमान सरकारले पूर्व सरकारकालमा पत्रकारहरूमाथि जुन दबाउ सिर्जना भएको थियो त्यसबाट मुक्त गराएर स्वतन्त्र माहौल सिर्जना गरिदिएको मुख्यमन्त्रीले जानकारी गराए।

तीन वर्षभित्र वर्तमान सरकारले कतिको दबाउ दिएको छ त्योबारे पत्रकारहरूले विमर्श गर्नुपर्ने आह्वान गरे। प्रेस स्वतन्त्र भएन भने प्रजातन्त्र नै नरहने उल्लेख गर्दै मुख्यमन्त्री तामाङले सरकारकै पक्षमा मात्र लेख्नुपर्छ भनेर कुनै पनि पत्रकारलाई दबाउ नदिएको अवगत गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङले जसले स्वाधीनताको निम्ति संघर्ष जसले गरे उनीहरूलाई मात्र स्वतन्त्रताको सॉंचो अर्थ थाहा हुने गरेको उल्लेख गर्दै देश स्वाधीन बनाउन स्वाधीनता सेनानीहरूको योगदानको स्मरण गर्दै आज देशव्यापी ७५औं स्वाधीनता दिवसको अवसरमा आजादी का अमृत महोत्सव पालन गरिरहेको बताए। स्वाधीनता सेनानीहरूको अमूल्य योगदानलाई नमन गर्दै १ अगस्तदेखि १५ अगस्तसम्म प्रत्येक सिक्किमेली जनसमुदायको घरमा तिरंगा झण्डा लगाउनुपर्ने मुख्यमन्त्रीले आह्वान गरे। योसँगै सबैले सामाजिक सञ्जालको डीपीहरूमा तिरंगा लगाउनुपर्ने उनले थप आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement