ठगीका घटनाहरूबारे राज्यवासीलाई जागरूक गराउँदै सिक्किम पुलिस

IMG-20220717-WA0191.jpg

गान्तोक। विभिन्न सामाजिक सञ्जालमार्ङ्गत पैसा मागेर ठगेका घटनाहरू प्रकाशमा आएपछि आज सिक्किम पुलिसले एक प्रेस वार्ता गरेर सबैलाई सावधानी गराएका छन्‌। उच्च पदमा रहेका राज्यका विभिन्न अधिकारी लगायत राजनेताहरूको ङ्गोटो सामाजिक सञ्जालको डीपीमा लगाएर विभिन्न बहाना गर्दै एमाजोन ङ्गिफ्ट प्याकमार्ङ्गत पैसा ठग्ने प्रयास भइरहेको आज पुलिस राज्यका पुलिस उप-निरीक्षक (रेञ्ज) बी.के. तामाङले जानकारी गराए। पत्रकार सम्मेलनमा गान्तोक जिल्लाका पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चा, सदर थानाका पीआई मिङ्गुर टी. नाडोक उपस्थित रहेका थिए। धेरै अघिदेखि यस्ता ठगीको प्रयास भइरहेको उल्लेख गर्दै केही दिनअघि यसको एउटा घटना अघि आएपछि सिक्किम पुलिसले मुद्दा दर्ता गरेर कार्वाही शुरु गरेको छ। पुलिसको प्रारम्भिक जॉंच अनुसार बिहार गयागंगाबाट यो ओपरेशन चलाइरहेको जानकारी प्राप्त भएको छ। ती अज्ञात गिरोहविरुद्ध सिक्किम पुलिसले आईपीसीको धारा ४७०, ४२०, ५११, ६६ डी आईटी एक्ट अन्तर्गत मुद्दा दर्ता गरेको छ।
सामाजिक सञ्जालमा यस्तो संदिग्ध म्यासेजहरू आए पहिले जॉंच गरेर मात्र प्रतिउत्तर दिने पनि सबैलाई सावधानि गराए।

About Author

Advertisement