गान्तोक: देशको चौथो स्तम्भ पत्रकारहरूको अमूल्य योगदानको कदर गर्दै आगामी वर्षदेखि टिस्टा रंगीत अविरल कलम पुरस्कार राज्य सरकारद्वारा प्रदान गरिने राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज घोषणा गरे। प्रेस क्लब अङ्ग् सिक्किमको स्थापनाकै दिन राज्यको सूचना एवं जनसम्पर्क विभागमार्ङ्गत यो पुरस्कार प्रदान गरिनेछ। पुरस्कारमा सम्मान पत्र साथै रुपियाँ १ लाख १ हजार नगद राशि प्रदान गरिने प्रेस क्लब अङ्ग् सिक्किमको २०औं स्थापना दिवसको अवसरमा मुख्य अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री तामाङले उपरोक्त घोषणा गरे। योसँगै राज्यका पत्रकारहरूलाई पेनशन प्रदान गर्न उचित मापदण्ड निर्माण गर्न प्रेस क्लब अङ्ग् सिक्किम अनि विभागले बसेर छलङ्गल गरेर निष्कर्षमा ल्याउनुपर्ने मुख्यमन्त्री प्रेमसिंह तामाङले सुझाउ दिए। पत्रकारहरूद्वारा राखिएको मागलाई स्वीकार गर्दै मुख्यमन्त्री तामाङले मणिपाल अस्पतालमा राज्यका पत्रकारहरूको उचित बीमा गरिदिने घोषणा गरेका छन्। यसरी नै उनले आज पत्रकार कल्याण कोषमा रुपियाँ १० लाख प्रदान गर्ने घोषणा गरे जसमार्ङ्गत पत्रकारहरूमा आइपर्ने दुःख, कष्टको समयमा यस कोषमार्ङ्गत सहयोग पुर्याइनेछ। यसरी नै भविष्यमा कुनै पनि आपतकालीन स्थिति आइपर्दा समाचार पत्रहरूको विज्ञापनको राशि पनि आपतकालको कारणले स्थगित नगरिनुपर्ने प्रेस क्लबको आह्वानलाई स्वीकार गर्दै भविष्यमा समाचार पत्रको विज्ञापनको राशि आपतकालको कारण नरोक्ने वचन दिए। नेता भएपछि जनताको समस्यालाई बुझ्नसक्ने क्षमता हुनपर्ने उल्लेख गर्दै मुख्यमन्त्री तामाङले यसपाली तीनैवटा पुरस्कारको राशि रुपियाँ ५१,५१ हजार मुख्यमन्त्री कोषबाट दिएको जानकारी गराउँदै आगामी वर्षहरूमा सूचना एवं जनसम्पर्क विभागमार्ङ्गत यो रकम दिइने घोषणा गरेका छन्।