दरामदिन खेलकुद संघको चौथो स्थापना दिवस पालन

IMG-20220717-WA0195.jpg

गान्तोक: आज सोरेङ जिल्ला अन्तर्गत सोम्बारिया उच्च माध्यमिक विद्यालयको प्रेक्षागृहमा दरामदिन खेलकुद संघको चौथो स्थापना दिवस भव्य साथमा पालन गरियो। कार्यक्रममा सोम्बारिया वन विभागको पहलमा सिक्किमको धन हरियो वन नाराको साथमा सोम्बारिया उच्च माध्यमिक विद्यायलको वरिपरि विभिन्न प्रजातिका वृक्षारोपणसँगै स्वच्छता अभियान मार्ङ्गत प्लास्टिक प्रयोग गर्नु हुदैन भन्ने समाजप्रति सन्देश दिइयो। स्टेट ब्याम अङ्ग सिक्किमका अध्यक्ष डीबी गुरुङको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा अनुसुचित जनजाति कल्याण बोर्डका अध्यक्ष प्रेमकुमार सुब्बा, खण्ड विकास अधिकारी ओङदी शेर्पा, वन विभागका पदाधिकारीगण, डीकेकेएसका सदस्यगण, जिल्ला पञ्चायतगण, शिक्षक शिक्षिका अनि नागरिक समाजका बरिष्ट व्यक्तित्वहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसबीएसका अध्यक्ष डीबी गुरुङले विभिन्न खेललाई बढ़ावा दिन राज्य सरकारले विभिन्न माध्यमद्वारा प्रोत्साहन गर्दै आइरहेको जानकारी गराए। आङ्गू दरामदिन खेलकुद संघमा संरक्षण रुपमा भए पनि आङ्गूबाट हुनसक्ने आवश्यक सहयोग गर्न तत्पर रहेको बताए। दरामदिन खेलकुद संघ स्थापना गर्न प्रोत्साहन गर्दै सहयोग गरेकोमा संघका समितिद्वारा राज्यका मुख्यमन्त्री अनि क्षेत्र विधायक प्रति धन्यवादसँगै आभार प्रकट गरियो। डीकेकेएसका अध्यक्ष लाखाङ सुब्बाले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चार बर्षको अवधिमा दरामदिन खेलकुद संघ खेलप्रति मात्रै सीमित नरहेर समाजिक क्षेत्रमा पनि धेरै काम गरिरहेको जानकारी गराए।

About Author

Advertisement