गान्तोक: राजभवनको आशीर्वाद सभागारमा आज ‘बद्लिॅंदो भारतको परिपेक्ष्यमा हाम्रो योगदान’ विषयमाथि संगोष्ठी आयोजन गरियो। कार्यक्रममा राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि तथा देशका विशिष्ट वक्ता प्रो. पवन सिन्हा गुरूजी एव कर्नल आरएसएन सिंह विशिष्ट अतिथि थिए।
कार्यक्रमको उद्देश्य बद्लिॅंदो भारतको स्वरूपलाई उजागर गर्नु रहेको थियो। राज्यपाल आचार्यले भारत अनेक विविधताको भूमि रहेको र हामी अनेकतामा एकताको जिउॅंछौ भन्दै हामी सबैको लक्ष्य राष्ट्रलाई सर्वोपरि राख्नु रहेको बताए। राज्यपालले सिक्किममा हालैमा आएको प्राकृतिक आपदाका पीडितहरूको निम्ति प्रार्थना गर्दै आफ्नो समवेदना व्यक्त गरे।
उनले एक नागरिकको रूपमा राष्ट्रप्रति हाम्रो योगदानको महत्वमाथि बल दिॅंदै भने, देश आत्मविश्वासका साथ अगाडि बढिरहेको छ र परिवर्तनको गति दिनप्रति दिन गतिशील छ। हामी भेदभावदेखि माथि उठेर एकजुट बन्दै कार्य गर्नुपर्ने आवश्यकता छ। सिक्किम केवल आफ्नो पर्यटनको निम्ति होइन तर आफ्नो धार्मिक र समृद्ध संस्कृतिको महत्वको निम्ति पनि चिनिन्छ। उनले सिक्किमका महिलाहरूको सशक्तिकरणको सराहना गरे।
कार्यक्रमलाई प्रो. पवन सिन्हा गुरुले पनि सम्बोधन गरे। यसावधि हाम्रो चिन्हारी संस्थाले आफ्नो परम्परा र संस्कृतिलाई मनमोहक गीत र कार्यक्रमद्वारा प्रदर्शित गरे। कार्यक्रममा विभिन्न विश्वविद्यालयका डीन, कुलपति र विद्यार्थीहरू तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए।