मखमली समाजद्वारा भव्य फूलपाती उत्सव

0db5514d-0b94-48ef-ae00-81e35e97033e


चमर्चीः नेपाली भाषी गोर्खा जातिको परम्परागत पर्व फूलपति हर्षले तरुण संघ मैदानको आँगनमा बानरहाट मखमली समाजद्वारा हर्षोल्लासका साथ मनाइयो । फुलपाती पर्व मनाउन तरुण संघ मैदानमा बानरहाट ब्लकका सबै चिया बगानका नेपाली भाषी गोर्खा समुदायका उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता समाजसेवी राजु गुरुङले गरेका थिए। बानरहाट फुलपाती समाजले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि कालेबुङका नाट्य सम्राट, पत्रकार, गीतकार सीके श्रेष्ठ र विशेष अतिथि धुपगढी विधानसभाका विधायक तथा इतिहासविद् शिक्षक डा निर्मल चन्द्रको उपस्थित रहेको थियो। अतिथिहरूमा डुवर्सका प्रसिद्ध मूर्तिकार अमिर सुन्दास, समालोचक तथा शिक्षक रुपेश शर्मा, समाजसेवी सागर गुरुङ, जिल्ला परिषद सदस्य विमल महली, समाजसेवी दिलीप याल्मो, नारायण विश्वकर्मा, धनबहादुर छेत्री, वाहिद अन्सारी, अरुण राम कुट्टी नन्दी, डा पार्थ प्रतिमा लगायत अन्य महानुभावहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि र विशेष अतिथिले दीप प्रज्वलन गरेपछि सिक्किम र कालेबुङमा हालै आएको प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन मखमली समाजका अध्यक्ष कुमार छेत्रीले गरेका थिए। स्वागत मन्तव्य मखमली समाजका सचिव राजेश प्रधानले प्रस्तुत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि तथा प्रमुख अतिथिले आजको कार्यक्रमको तर्क र विषयवस्तुलाई निकै सुन्दर ढंगले प्रस्तुत गरेका थिए। समाजको तर्फबाट प्रमुख अतिथि सीके श्रेष्ठ र विशेष अतिथि विधायक डा निर्मलचन्द्र रायलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । पहिलो चरणको कार्यक्रम समापनपछि तरुण संघ मैदानबाट विशाल फुलपाती र्यासली निकालिएको थियो। जसमा बानरहाट ब्लकका १६ वटा चिया बगान र बस्तीका हजारौंको संख्यामा गोर्खा समुदायका बासिन्दाले आ–आफ्नो परम्परागत पहिरनमा सम्पूर्ण बनारहट बजारमा परिक्रमा गरी सांस्कृतिक पर्वलाई हर्षोल्लासका साथ मनाएका थिए। बानरहाट तरुण संघ मैदानको सांस्कृतिक मञ्चमा शोभायात्रा समापन भएको थियो। त्यसपछि कार्यक्रमको दोस्रो चरणमा मखमली समाजले नेपाली समाजका प्रतिभाशाली व्यक्तित्वहरू, कोलकाता विश्वविद्यालयका प्राध्यापक विक्की विश्वकर्मा, असमको तेजपुर विश्वविद्यालयमा पीएचडी गरिरहेकी उत्कृष्ट छात्रा अर्चना विश्वकर्मा र बैंकका पीओ अफिसर काजल विश्वकर्मालाई स्मृति चिन्हले सम्मान गरेको थियो। विभिन्न चिया बगानबाट आएका साँस्कृतिक मञ्चले उत्कृष्ट कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन सांस्कृतिक संयोजक वीरकुमार कामीले गरेका थिए। आजको कार्यक्रममा मखमल समाजका सम्पुर्ण प्रतिनिधिहरूको निकै राम्रो सहयोग रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement