कोलकाताः पश्चिम बंगालमा दुर्गा पूजापछि केन्द्रिय एजेन्सीहरू एकपल्ट फेरि भ्रष्टाचार विरूद्ध छापामारी अभियानमा जुटेको छन्। राज्यको राशन वितरण भ्रष्टाचार मामिलामा जॉंच गरिरहेको ईडी अधिकारीहरूले बिहिवार बिहान राज्यको वन मन्त्री र पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकको घरमा छापा माऱ्यो।
यस अतिरिक्त आज एकादशीको चाड हो र बंगालमा विजया मिलनको रिवाज रहेको छ। यस कारण तृणमूल कांग्रेसका नेता विधाननगरको चेयरमेन सब्यसाची दत्त मिठाई लिएर ज्योतिप्रियको घर पुगे। तर मन्त्रीको घर बाहिर सुरक्षामा तैनात केन्द्रिय अर्ध सैनिक बलका जवानहरूले उनलाई भित्र पस्न दिएनन्। यसपछि, मिडिया उनले मिडियाकर्मीहरूसॅंग बोल्दै पश्चिम बंगालको रिवाजमा केन्द्रिय एजेन्सीका अधिकारीहरू बाधा बनिरहेको बताए।
उल्लेखनीय छ, राशन वितरण भ्रष्टाचारको मामिलामा पक्रा परेका बकीबुर रहमानको ज्योतिप्रिय मल्लिकसॅंग नजिकको सम्बन्ध रहेको छ। यस कारण मल्लिक र रहमानका सहयोगीसॅंग जोडिएको आठ ठेगानामा बिहिवार सीबीआईको टीमले खोजी अभियान शुरू गरेको छ।
-हिस