अलिपुरद्वारमा आज पुजा कार्निभल, महकुमाशासकद्वारा कार्यक्रमस्थलको निरीक्षण

IMG-20231026-WA0153.jpg

अलिपुरद्वार: अलिपुरद्वारमा आज दुर्गा पुजा कार्निभलको आयोजना गरिने भएको छ। यसको लागि अलिपुरद्वार नगरपालिका अघि बक्सा फिडर रोडमा ठुलो मञ्च बनाएको छ भने यहाँ बस्नेको पनि व्यवस्था गरिएको छ। अलिपुरद्वारका महकुमाशासक विप्लब सरकारले उक्त मञ्चको कार्यको निरीक्षण गरे। आज साँझ कार्निभल शुरू गरिनेछ।

अलिपुरद्वारका महकुमाशासक विप्लब सरकारले भने, आज अलिपुरद्वारको २० वटा मूर्तिले यस कार्निभलमा भाग लिनेछ। क्लबका सदस्यहरूले परेड ग्राउन्डमा मूर्तिहरू लिएर आएपछि त्यहाँबाट शोभायात्रा शुरू गरिनेछ। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement