खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबद्वारा दशैंको समय खहरेको वृध्दाश्रमलाई आर्थिक सहयोग प्रदान

IMG-20231023-WA0208.jpg

खरसाङ: खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबद्वारा दशैंको छेक पारेर वृध्द आश्रमलाई सहयोग गरेका छन्। उक्त कराँते क्लबका निर्देशक तथा प्रशिक्षक अमित छेत्रीद्वारा खरसाङको खहरेस्थित वृद्ध आश्रम पुगेर दशैंको यो खुशीको क्षणमा वृध्द वृध्दाहरूलाई सहयोग होस् भनेर सहयोगी हातद्वारा सञ्चालित वृध्दा आश्रमलाई आर्थिक सहयोग गरेका छन्।

यस अवसरमा खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबका निर्देशक अमीत छेत्रीले क्लबका नानीहरू र अभिभावकहरू लिएर वृध्दाश्रम पुगेर वृध्द वृध्दाहरूसित भेटघाट पनि गरेर भलाकुसारी गरेका छन्। यसै अवसरमा खहरेस्थित वृद्ध आश्रमका संस्थापक तथा सेविका सुमित्र राईको हातमा आर्थिक सहयोगस्वरूप रकम २०,००० (बीस हजार) रूपियाँ प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

यस अवसरमा बोल्दै खरसाङको गिध्द पहाड़स्थित राईजिङ सन स्पोर्टिङ कराँते क्लबको निर्देशक अमीत छेत्रीले अहिले दशैंको खुशीयाली छ चारैतिर। तर वृध्दाश्रममा बस्ने वृध्द वृध्दाहरूका लागि यो दशैंको समय केही सहयोग गरौं भनेर आज कराँते क्लबका नानीहरू र अभिभावकहरू लगेर खहरेस्थित वृध्दाश्रम गएर आर्थिक सहयोग गरेको बताएका छन्। उनले यसको लागि खुशी लागेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement