राज्यपालले दिए विजयादशमीको हार्दिक शुभकामना

photocollage_202310231688492.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले विजयादशमीको पावन अवसरमा सबै सिक्किमवासीहरू तथा देशवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, विजयादशमीको पर्व नराम्रोमाथि राम्रो र असत्यमाथि सत्यको जीतको प्रतीक हो।

जसरी भगवान श्री रामले रावणको वध गरेर असत्यमाथि सत्यको जीतको सन्देश दिएका थिए, हामीले पनि आफु भित्र रावण रूपी क्रोध, लोभ एवं अहंकारको त्याग गरेर विवेक, इमानदारी र करुणा आदि शाश्वत जीवन मूल्यहरूलाई आत्मसात गर्नुपर्छ।

राज्यपालले यो चाडले सिक्किममा बाढी पीडितहरूको जीवनमा नयॉं बिहानीका साथै नयॉं उर्जा, उमंग र आरोग्य लिएर आओस् भनी कामना गरेका छन्। उनले गौरवशाली सांस्कृतिक परम्परा विजयादशमीको चाडलाई प्रेम र भाइचाराका साथ मनाउन अपील गरेका छन्।

About Author

Advertisement