खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाले अागलागीमा पिढीत परिवारलाई च्यादर र बटम प्रदान गरी सहयोग गरेका छन्। यसै समष्टीको चिमनी क्षेत्रमा गत महिना २३ सेप्टेम्बरको दिन आगलागीमा परेर सुनिल प्रधानको दोकान दलेर नष्ट भएको थियो। उक्त आगलागीको घटनामा सुनिल प्रधानको आय स्रोत गर्ने दोकान जलेर सबै सर सामानहरू पनि जलेर नष्ट भएको थियो। त्यसर्थ उनले चिमनी देवराली ग्राम पञ्चायत र क्षेत्रीय सभासदलाई पनि सहयोग मागेका थिए। आगलागीमा दोकान जलेको कारणले क्षेत्रीय सभासद श्याम शेर्पाले सुनिल प्रधानलाई दोकान बनाउनलाई सभासद श्याम शेर्पाले च्यादर र बटम प्रदान गरेका छन्। अब सुनिलले दोकान पुन: बनाउन पहल गर्ने भएको छ।

उक्त सहयोग चिमनी को-अर्डिनेशन कमिटीको प्रतिनिधि दिनेश तामाङ लगायत अन्य उपस्थित भएर प्रदान गरिएको जानकारी प्राप्त भएको छ। उक्त सहयोगको लागि सुनिल प्रधानले क्षेत्रीय सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन् भनी चिमनी को-अर्डिनेशन कमिटीको प्रतिनिधि दिनेश तामाङले जानकारी गराएका छन्।