अरुणाचलमा एनएससीएन क्याडरले गरे आत्मसमर्पण

400px-Unofficial_flag_of_Nagaland.svg_.png

इटानगर: प्रतिबन्धित उग्रवादी संगठन नेशनल सोशलिस्ट काउन्सिल अफ नगाल्याण्ड (एनएससीएन के-वाईए) का एक क्याडरले आज अरुणाचल प्रदेशमा तिरप पुलिस समक्ष आत्मसमर्पण गरेका छन्।

उग्रवादी संगठन एनएससीएन (के-वाईए) को स्वयंभू लेफ्टिनेन्ट वांगहोंग नोकपाको रूपमा चिन्हित क्याडरले लाजू थानाका ओसी, एसआई एल किमसिंग र छैटौं असम राइफल्सको एक टीम समक्ष आत्मसमर्पण गरेका छन्। उसले ९ एमएमको पेस्तोल र ३ राउण्ड गोलीका साथ आत्मसमर्पण गरेका छन्।

पछि उसलाई आत्मसमर्पण प्रमाणपत्र प्रदान गर्न जिल्ला पुलिस र छैटौं असम राइफल्सद्वारा उपायुक्त, तिरपकहॉं ल्याइयो। आत्मसमर्पण गर्ने क्याडरले १९९९ मा आफु कक्षा छैटौंमा अध्ययनरत छॅंदा १८ जना अन्य केटाहरूसॅंग एनएससीएन (के) का तत्कालीन क्याप्टन केवांग दियोत्साले जबरजस्ती लिएर गएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement