गोर्खा नव ज्योति संघले मनायो गोर्खे सांस्कृतिक ढंगमा दुर्गा पुजा

IMG-20231022-WA0201.jpg

गोरुबथान (निस); गोर्खा नव ज्योति संघले यस वर्ष पनि भव्य रुपमा दुर्गा पुजा मनाएको छ। यस वर्ष गोर्खे सांस्कृतिकलाई झल्काउदै निर्माण गरिएको पाण्डाल विशेष आकर्षणको केन्द्रविन्दु रहेको छ। माटोको सिकुवा त्यसमाथि जाँतो, ओखली, थुन्चे तथा अन्य समाग्रीहरु राखिएको सिकुवा विशेष आकर्षण बनेको थियो।लिङ्गे पिङ थापिएको यस पुजामा गोरुबथान फ्युचर भिजनले एक्जिभिसन कम सेलमा हस्तकला, चित्रकला तथा फूलहरु राखेको थियो।लाली गुरास स्वनिर्भर दलले नेपाली खाना बनाएर बेच्न राखेको थियो।यसरी नेपाली सास्कृतिक झल्काउने पुजाको आयोजनामा तीन दिन भजन कीर्तन पनि गरिएको थियो।मानव उत्थान सेवा समिति, प्रणामी मन्दिर भजन समूह र श्री साई भजन मण्डलीले भजन प्रस्तुत गरेका छन्। यस बारेमा गोर्खा नव ज्योति संघका सदस्यगणको मन्तव्य यस प्रकार रहेको छ।

About Author

Advertisement