रक्षामन्त्रीले गरे देशको पहिलो ‘भारतीय सैन्य विरासत महोत्सव’ को उद्घाटन

1200-675-19825882-thumbnail-16x9-delhi.jpeg

राजनाथ सिंहले सैन्य क्षेत्रमा प्राचीन रणनीतिक कौशल देखाउनको लागि लन्च गरे ‘प्रोजेक्ट उद्भव’

महोत्सवमा सैन्य ब्याण्ड प्रदर्शनको माध्यमबाट गरिनेछ देशको सैन्य संस्कृतिको भव्य प्रदर्शन

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले शनिवार नयाँ दिल्लीको मानेकशा सेन्टरमा पहिलो ‘भारतीय सैन्य विरासत महोत्सव’- को उद्घाटन गरे। उनले सैन्य क्षेत्रमा प्राचीन रणनीतिक कौशलको माध्यमबाट स्वदेशीलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘प्रोजेक्ट उद्भव’ लन्च गरे। यस अवसरमा आयोजित सैन्य प्रदर्शनीको पनि रक्षामन्त्रीले निरीक्षण गरे। राजनाथ सिंहको भनाइ छ, यो दुई दिवसीय कार्यक्रमले देशका युवाहरूलाई प्रेरित गर्नेछ।

रक्षामन्त्रीले पहिलो सैन्य विरासत महोत्सवको उद्घाटन गरेपछि भने, यस दुई दिवसीय महोत्सवको उद्देश्य बातचित, कला, नृत्यको माध्यमबाट शताब्दिऔंदेखि विकसित भारतको समृद्धि सैन्य संस्कृति र विरासतको उत्सव मनाउनु हो। कार्यक्रम अवधि रक्षामन्त्रीले देशको प्राचीन रणनीतिक कौशलको खोज अनि समकालीन सैन्य क्षेत्रमा एकीकरणको माध्यमबाट स्वदेशीलाई प्रोत्साहित दिनको लागि भारतीय सेना र युनाइटेड सर्भिस इन्स्टीट्यूशन अफ् इण्डियाको संयुक्त सहयोगबाट ‘प्रोजेक्ट उद्भव’ पनि लन्च गरे।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै राजनाथ सिंहले भने, पछिल्लो केही दशकहरूमा देशको सुरक्षाको लागि सशस्त्र बलहरूको बेजोड़ बहादुरी र भूमिका रहिआएको छ जसको यस ‘भारतीय सैन्य विरासत महोत्सव’- मा राखिएको प्रदर्शनले देशका युवाहरूलाई प्रेरित गर्नेछ। यसबाट भारतीय सेना औ उनीहरूको वीरतापूर्ण कार्यको बारेमा अधिक जानकारी हासिल गर्न उत्साहित हुनेछन्। यस अवसरमा सेनाध्यक्ष जनरल मनोज पाण्डे, वायु सेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरी, इन्टिग्रेटेड डिफेन्स स्टाफका अध्यक्ष, चीफ अफ स्टाफ कमिटी (सीआईएससी)-का प्रमुख लेफ्टिनेन्ट जनरल जेपी म्याथ्यू र नौसेना स्टाफका उपप्रमुख भाइस एडमिरल सञ्जय जसजित सिंह उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement