राज्यपाल बने दुर्गा पूजामा सहभागी

n5494464181697903762300be1440950e1817f872ec1729e104674908dd8910984d43f9c139465e89aac8de.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य राजधानीको ठाकुरबाडीमा चलिरहेको दुर्गा पूजामा मुख्य अतिथिको रूपमा सहभागी बने।

राज्यपालले राज्यमा हालै आएको प्राकृतिक प्रकोपबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको लागि भगवानसॅंग आशीर्वादको निम्ति आह्वान गर्दै अनुष्ठानमा भाग लिए।

उनले केन्द्र सरकार, राज्य सरकार र सिक्किमका जनताको संयुक्त प्रयासबाट राज्यले छिट्टै संकटबाट मुक्त पाउने विश्वास व्यक्त गरे।

सिक्किमले यो प्रतिकूलतालाई जितेर पहिलेभन्दा अझ बलियो बन्ने छ भन्दै उनले माँ दुर्गा भवानीको आशीर्वादले सिक्किम फेरि उठ्नेछ भनी बताएका छन्।

About Author

Advertisement