टिस्टा: जनताको आवाज टोलीले टिस्टाको आपदामा परेका पिढीतहरूका पुनर्वासलाई ध्यानमा राखेर एउटा घर बनाउने जिम्मा लिएका छन्। जनताको आवाज टोली दार्जिलिङ जिल्ला र ऋषिहाट कमिटी टिम आज टिस्टा पुगेर आपदामा परेका पिढीतहरूका पुनर्वासको लागि घर निर्माण बनाउने क्रममा जनताको आवाज टोलीले टिस्टामा एउटा घर निर्माण गर्ने भएको छ। उक्त टोलीले टिस्टामा पुगेर एउटा घर निर्माण गर्ने घोषणा गरेका छन्। टिस्टा क्षेत्रमा प्राकृतिक आपदाले घरहरूलाई ठूलो रुपमा क्षति पुराएको छ। यसलाई पुर्निर्माण गर्नु धेरै कठिन छ। तर हामी सबै एक भयो भने सम्भव रहेको जनताको आवाज टोलीले बताएका छन्। जनताको आवाज कमिटीको एक टोली आज टिस्टा पुगेर निरीक्षण गरेर अब आउँदो दिनमा सबै जनताको आवाजको सदस्यहरू मिलेर एउटा घर निर्माण गर्ने भनी गोविन्द तामाङले बताएका छन्। उनले बताए अनुसार टिस्टामा आईपरेको यो आपदामा सबैले मिलेर यसरी एउटा एउटा घर बनाउने जिम्मेवारी लिएको खण्डमा आपदा परेकाहरूलाई पुनर्वास गराउन सजिलो हुनेछ।यसको लागि हामीले तिहार अघि नै घर निर्माणको लागि पहल गर्ने पनि बताएका छन्।