मार्गरेट्स होपमा फूलपाती शोभा यात्रासितै मेला शुरु

IMG-20231021-WA0267.jpg

सोनादा: टुंग सन्त मेरिज समष्टीमा पर्ने मार्गरेट्स होपमा फूलपाती शोभा यात्रासितै आज मेला पनि शुरु भएको छ। दशैंको उपलक्ष्यमा मार्गरेट्स होप युउथ् क्लबको आयोजनामा उक्त फूलपाती शोभा यात्रा आयोजना गरिएको छ। उक्त शोभायात्रामा मुख्य अतिथिको रूपमा टुंग सन्त मेरिज समष्टीको सभासद नुरी शेर्पा अनि विशिष्ट अतिथिको रूपमा मार्गरेट्स होप गोराबारी ग्राम पञ्चायतको प्रधान पेम्बा तामाङ उपस्थित थिए। उक्त फूलपाती शोभा यात्रा मार्गरेट्स होप चियाबारीको दोकान डाँड़ादेखि बस्ती गाउँ हुँदै मार्गरेट्स होपको खेल मैदानसम्म निकालिएको छ। यस मार्गरेट्स होप खेल मैदानमा आजदेखि सुरु भएको मेला अगामी तिहारसम्म आयोजना गरिने भनी मार्गरेट्स होप युथत क्लबको सचिव सुवास तामाङले बताएका छन्।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै मुख्य अतिथि सभासद नुरी शेर्पाले सबैलाई दशैंको शुभकामना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement