सुन्दर गुर्दुङ डाँडाकाे संरक्षणमा निगाले गाँउका नागरिकहरू आयाे अघि

IMG-20230528-WA0320-5-300x172-8

मिरिक: थर्बु चियाकमान २८ नम्बरमा अन्तर्गत निगाले गाउँ नगीच रहेकाे सुन्दर गुर्दुङ डाँडाकाे संरक्षणमा स्थानीय नागरिकहरू अघि आएकाे छ। धुप्पीघारीले भारतकाे संसद भवनकाे आकार लिएकाे उक्त स्थानमा गुडरिक कम्पनीले रिसाेर्ट बनाँउने कुराे सुनेपछि स्थानीय मानिसहरू यसकाे संरक्षणमा अघि आएकाे बुझिएकाे छ। उक्त ठाँउमा रिसाेर्ट निर्माण नगरिदिने अनुराेध गर्दै निगाले गाँउबासीले शनिबार थर्बु चियाकमानका प्रबन्धक पक्षसित भेट गरि एउटा पत्र पनि बुझाएकाे छ। उक्त विषयमा बाेल्दै मिरिक पन्चायत समितिका सदस्य आशिषता राईले सुन्दर गुर्दुङ डाँडा हाम्राे धराेहर हाे। यसकाे संरक्षण गर्नुकाे सट्टा यहाँकाे हरियाली धुप्पीघारी, डाँडा काँडा मासेर रिसाेट बनाँउने कुराे हामीले चाल पाएपछि नै हामी यसकाे विराेधमा निस्किएका हाै भने। तिनले याे क्षेत्रमा हिमालयन स्यालाम्याण्डर, सीम कुखरा आदिकाे बासस्थान पनि रहेकाेले यसलाई हामी मेटिन दिने छैनाै भन्दै यहाँ रिसाेट निर्माणकाेलागि केही दिन अघि नापीमा आएका थिए।त्यतिबेला हामीले नापी गर्न दिएनाै ।अब फेरि ३० अक्टाेबरमा नापी आउँछ भनेकाे सुनेर नै हामी यसकाे संरक्षणमा अघि आएका हाै भने। निगाले गाँउका समाजसेवक नयन राईले गुर्दुङ डाँडा हाम्राे भावनासित जाेडिएकाे ठाउँ हाे।यहाँकाे प्रकृतिक सुन्दरता अदभूत छ। यसवरिपरि धेरै पानीकाे स्राेतहरू रहेकाे छ।नजीगमा स्कुल रहेकाे छ।यसैले यसलाई जस्ताे अहिले छ त्यस्तै राखियाेस भन्ने हाम्राे माग छ।यही विषयलाई केन्द्र गरेर हामीले शनिबार थर्बु चियाकमानका प्रबन्धक पक्षलाई भेट गरेर एउटा पत्र बुझाएका छाै भने। गाँउका युवा पुकार राईले हरियाे वन देशकाे धन हाे भन्दै हरियाे वनकाे संरक्षण गर्नु अति आवश्यक रहेकाे छ भन्दै जैव विविधताले भरिएकाे याे ठाँउमा रिसाेर्ट बनाँउनु अनुचित हाे भने।तिनले यहाँ हामी कदापी रिसाेर्ट बनाँउने दिने छैनाै भने। यस अवसरमा अमर राई,साजन राई,विकास राई,सम्राट राई,अनिल राई, राजीव राई,प्रणाम राई,विकाश राई,विधान राई अनि कृष्णकुमार राई पनि उपस्थित थिए।

About Author

Advertisement