खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टीको नरबुङ चियाबारीमा जीटीए चिफ् अनित थापा आएपछि बोनस वितरण गरिएको छ। जीटीए चिफ् अनित थापाले आफुसितै नरबुङ चियाबारीको मालिकलाई पनि लिएर आएपछि १९ प्रतिशतको दरले बोनस वितरण गरिएको छ। यस क्रममा नरबुङ चियाबारीमा स्टाफ र श्रमुकहरूलाई १२ प्रतिशत बोनस सबै एकाउण्टमा अनि रहल बगानमै तत्काल वितरण गरिएको जानकारी भागोप्रमोको ट्रेड युनियन केन्द्रीय सह सचिव राजेस थापाले बताएका छन्। नरबुङ चियाबारी आईपुगेका जीटीए चिफ् अनित थापाले आफ्नो सम्बोधन राख्दै दशैंको मुखैमा सबैतिर यस्तै अवस्था छ। तर अब दशैंपछि यस समस्याको लागि केही उपाय गर्नु पर्ने रैछ भनी बताएका छन्। उल्लेखनीय छ नरबुङ चियाबारीमा बुधबारको बिहान बगान मालिकले बगान नोक्सानीमा चल्दैछ भनेर केवल ९ प्रतिशत मात्र बोनस दिने भनेर नोटिस टाँसेपछि बगानको स्टाफहरू र श्रमिकहरूले विरोध जनाएका थिए। त्यसपछि बिहीबार दिउँसो जीटीए चिफ् अनित थापाले फोनमार्फत् बगानमा मालिक लिएर आउने वाचा गरेका थिए। त्यही वाचा अनुसार उनी शुक्रबार नरबुङ चियाबारीमा मालिक पनि लिएर आई १९ प्रतिशतले बोनस वितरण गरिएको छ।