तीनधारेको शंकर निवासमा दुर्गा काली पूजा शुरू

IMG-20231020-WA0250.jpg

खरसाङ: तीनधारेको शंकर निवासस्थित दुर्गा मन्दिरमा दिव्य ज्योति संघको आयोजनामा दुर्गा काली पूजाको लागि शुक्रबार मूर्ति स्थापना गरिएको छ। यसपाली यस मन्दिरमा १०३औं दुर्गा पूजा अायोजना भईरहेको छ। यो मन्दिरमा सन् १९२० देखि नै पूजा शुरू भएको बताइएको छ। यो पूजा दार्जिलिङ जिल्लाकै पहिला पूजा मानिएको छ। उक्त समय यहाँ रहेका बंगाली परिवारले दुर्गा पूजा शुरु गरिएको बताइएको छ। त्यसताकदेखि पुजारी गणेश बाजेले गर्दै आएका थिए भने हालमा मुख्य पुजारीको रूपमा पण्डित बालकृष्ण शर्माले पूजा अर्चना गर्ने गरेका छन्। शुक्रबार मूर्ति स्थापना गरिएको छ भने शनिवार फूलपातीको दिन शप्तमीमा पूजा अर्चना शुरु हुने भएको छ। यस विषयमा तीनधारेबाट सन्तोष लामाले जानकारी गराए अनुसार शप्तमीको दिन पूजा शुरु हुने र अष्टमीको दिन र नवमीको दिन पूजा सम्पन्न भएर नवमीको दिन नै पूजा र हवन पनि गरिने बताएका छन्। उनले बताए अनुसार शनिवार यस मन्दिरबाट निकालिएको डोली पूजा अर्चना गरेर चढ़ाउने भएको बताएका छन्।

About Author

Advertisement