सीबीआईले उत्तर बंगालमा नयॉं कार्यालय स्थापित गर्ने, राज्य सरकारले मद्दत गर्ने

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालमा विभिन्न मामिलाहरूको जॉंच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले अब राजधानी कोलकाताका साथै उत्तर बंगालमा पनि कार्यालय स्थापित गर्नेछ। कार्यालय स्थापना गर्न सरकारले हर प्रकारको लजिस्टिक सपोर्ट गर्नेछ।

केन्द्रिय एजेन्सीका अधिकारीहरूको निम्ति परिवहन व्यवस्था राज्य सरकारले गर्नेछ। यस सन्दर्भमा कलकत्ता हाई कोर्टले राज्य सरकारलाई निर्देश दिएपछि केन्द्रिय एजेन्सीले यसको सम्पूर्ण तयारी पूरा गरेको छ। मामिलामा सीबीआईको अपीलपछि अदालतले उक्त निर्देश दिएको हो।

सीबीआईका वकीलले अदालतमा विभिन्न मामिलाहरूमा जॉंचको निम्ति अधिकारीहरू कोलकातादेखि उत्तर बंगालको यात्रा गर्नुपर्छ भन्दै त्यहॉं एउटा स्थायी क्याम्प कार्यालयको आवश्यकता रहेको बताएका थिए। तर, यो कार्य राज्य सरकारको सहयोग बिना सम्भव नरहेको पनि वकीलले बताएका थिए।

अदालतले यस मामिलामा राज्य सरकारलाई कार्यालय स्थापनाको निम्ति आवश्यक व्यवस्था गर्ने निर्देश दिएको थियो। यस अघि राज्य पुलिसबाट १० कर्मीलाई सीबीआईमा प्रतिनियुक्तिको स्वीकृति पनि प्राप्त भएको छ, जसमा दुई इन्स्पेक्टर र आठ कन्स्टेबल सामेल छन्। उत्तर बंगालमा जॉंचलाई तीव्रता प्रदान गर्न सीबीआईले यो कदम उठाएको हुन सक्ने मानिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement