कोलकाताको चर्चित दुर्गा पूजा पण्डाल श्री भूमिमा लाइट र साउण्ड बन्द गरियो

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको सांस्कृतिक पहिचान बनिसकेको दुर्गा पूजाको भव्य आयोजन राज्यभरि भइरहेको छ। विशेषगरी, राजधानी कोलकातामा विशालकाय पण्डाल र जीवन्त मूर्तिहरूलाई हेर्न लाखौं मानिसहरू आइरहेका छन्।

शुक्रवार षष्ठी हो र आज सबैभन्दा भीड हुने आशा गरिएको छ। यसलाई ध्यानमा राख्दै राज्य अग्निशमन मन्त्री सुजित बसुको नेतृत्वाधीन पूजा समिति श्री भूमिमा लाइट एण्ड साउण्ड शोलाई बन्द गरिएको छ।

उक्त पूजाको आयोजन न्यू टाउनको त्यस क्षेत्रमा हुन्छ जहॉंबाट हवाई अड्डातिर जाने धेरै सडकहरू छन्। पूजा हेर्ने मानिसहरूका कारण यहॉं यातायात लगभग ठप्प बर्ने गर्दछ। यस कारण शुक्रवार विधाननगर पुलिस कमिश्नरेटको निर्देशमा लाइट एण्ड साउण्ड शो बन्द गरिएको छ।

कमिश्नरेटका सूत्रहरूले भने, गत वर्ष पूजा पण्डाललाई हेर्न भारी भीडका कारण निकै समस्या उत्पन्न भएको छ। यसलाई ध्यानमा राख्दै यो वर्ष पनि त्यस्तै स्थिति उत्पन्न नहोस भनेर अगावै कदम उठाएको हो।

-हिस

About Author

Advertisement