हवाई अड्डादेखि बरसापाड़ासम्म फ्लाइओवर बनिने: मुख्यमन्त्री बिस्व

IMG-20230410-WA0169-11-300x172-5

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गुवाहाटीलाई गेटवे अफ नर्थ ईस्ट सिटीको रूपमा विकसित गर्नका लागि गुवाहाटीमा अझ् धेरै फ्लाइओवर र रोटरी बनाउने योजनामा सरकारले काम गरिरहेको बताएका छन्।

उनी अनुसार, बोरझार स्थित लोकप्रिय गोपीनाथ बरदलै अन्तरराष्ट्रिय हवाई अड्डाबाट बरसापारा स्टेडियमसम्म फ्लाइओवर बनाउने योजनामाथि काम चलिरहेछ।

गुवाहाटीमा एफसीआईदेखि ह्याण्डिक कलेजसम्म ६.५ किलोमीटर लामो फ्लाइओवरको निर्माण जीएनबी रोडमा गरिनेछ। जसको निर्माण कार्य जनवरीमा शुरू हुनेछ। यसका साथै असम सरकारले गुवाहाटीमा धेरै रोटरीको निर्माण गर्ने योजनामाथि काम गरिरहेछ। मुख्यमन्त्रीले आज राजधानीको आरजी बरूवा रोडमा नवनिर्मित श्रद्धाञ्जली फ्लाइओवरको उद्घाटन समारोहलाई सम्बोधित गर्दै यी कुरा भनेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement